Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

रवि लामिछानेको बचाउमा उत्रिए प्रचण्ड, सहकारी ठगी पुष्टि गर्ने कुनै प्रमाण नरहेको दाबी


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको पुष्टि गर्ने कुनै प्रमाण नै फेला नपरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्री सूर्यदर्शन सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति र कर्मचारी लगायत कुनै पदमा पनि नरहेको र जाहेरी दिनेहरुले पनि उनी दोषी हुन भनेर पुष्टि गर्ने कुनै प्रमाण पेश गर्न नसकेको बताएका हुन् ।

हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति र ऋण समिति, कर्मचारीलगायत कुनै भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन । सूर्यदर्शन बचतकर्ताले १ हजार भन्दा बढीले आफ्नो रमक हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन’उनले भने ।

सहकारीको रकम हिनामिनामा संलग्न १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको उनले बताए । मूल उजुरी परेको ६ महिनापछि पुरक जाहेरी दिएर लामिछानेलाई जोडिएको उनले बताए । उक्त जाहेरीमा लामिछाने सहकारी हिनामिनामा जोडिएको पुष्टि गर्ने कुनै प्रमाण नरहेको उनको दाबी छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode