Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

पानी संघको अधिवेशन – ब्यवसायीको हक अधिकार सुनिश्चीत गर्न मेरो उम्मेदवारी गौतम

गौतमको पक्षमा ब्यवसायीको मत बढ्दै


ललितपुर । नेपाल बोटल वाटर उद्योग संघको ७ औं अधिवेशन यही फागुन २६ र २७ गते काठमाण्डौंमा हुँदै छ । सघंको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न छ । अधिवेशन नजीकिदै गर्दा अध्यक्ष पदका लागि धुव्र गौतम र बिक्रम लिम्बु चेमजोङले आकाक्षा ब्यक्त गदै उम्मेदावरीको घोषणा गरेका छन ।

गौतम वर्तमान अध्यक्ष समेत हुन उनको कार्यकालमा पानीको मुल्य समायोजन , खाध्य स्वच्छता ऐन सशाेंधन र सघं लाई राष्ट्रिय स्तरमा स्थापित गराउन सफल भएका छन । ब्यवसायीको विचमा लोकप्रिय गौतमले छिटै आफना प्रतिवद्धता सार्वजनिक गर्न तयारी गरेका छन । खोजमिसन न्युज सगँ कुराकानी गदै गौतमले आफु ब्यवसायीहरुको माझमा पुगीरहेको र ब्यवसायीहरुको सल्लाह ,सुझाव अनुसार आफनो प्रतिवद्धता छिटै सार्वजिनक गर्न जानकारी दिए ।

गुमनाम जस्तै रहेको सघं गौतम नेतृत्वमा आए सगै सघं चलायमान हुँदै ब्यवसायीको हक हित र अधिकारका लागि लडीरहेको छ , अझै पनि पानी ब्यवसायीका समस्याहरु लाई सम्बोधन गर्न बाँकी रहेको र बेला बेलामा सरकारी तवर बाट ब्यवसायी माथी भईरहेको अन्नाय सदाका लागि अन्त्य गर्न पुन एकपटक नेतृत्वमा आउन ब्यवासायीहरुले आग्रह गरेपछि अध्यक्ष पदका लागि उम्मेदावरी दिने घोषणा गरेको गौतमले खोजमिसन न्युज लाई जानकारी दिए । ब्यवसायी साथीहरुले संघ र ब्यवसायीका साझा समस्याहरु समाधान गर्न तपाईको नेतृत्व आवश्यक रहेकाले

एक पटक पुन दोहोराउन सबैले आग्रह गर्नुभयो म सधै ब्यवसायी साथीहरुमाझ रहीरहने भएकोले साथीहरुको आग्रहलाई स्वीकार गदै अघि बढेको गौतमले बताए । ब्यवसायी , नियमनकारी निकाय देखि सन्चार माध्यम सगँ समेत सहकार्य गर्न सक्ने क्षमता गौतम सगँ रहेको उनको कार्यकालमा देखिसकेको छ ।

यता अर्का अध्यक्ष पदका उम्मेद्धवार बिक्रम लिम्बु चेमजोङ दश बुँदे प्रतिवद्धता सहित चुनावी मैदानमा होमीएका छन खोजमसन न्यज सगँको कुराकानीमा लिम्बुले बारम्बार दोहरी रहन सघंको अध्यक्षपद मन्त्री पद जस्तो नभएको बताउदै हस्तान्तरण गदै जानु पर्न र सघं विशुद ब्यवासायीहरुको संस्था भएकाले आफुले ब्यवसायीहरुको पक्षमा काम गर्न बताउदै अध्यक्ष पदका लागि उम्मेदावरी घोषणा गरेको जानकारी दिए ।

यस्तै सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने संघले जनाएको छ। हाल देशभर संघमा ५८० भन्दा बढि उद्योग आवद्ध रहेका छन् ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode