Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

म नमर्दासम्म उथलपुथल भइरहन्छ, अब कम्युनिष्ट एकता : प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् । सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा दाहालले बामपन्थीहरुलाई एकठाँउमा ल्याउदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् ।

उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरे । प्रतिक्रियावादीले आफुलाई प्रयोग गरे त्यसलाई चिर्न आफुले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफु अविश्वसनिय नभएको उनको जिकिर छ । आफुलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै दाालले आफु नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरे ।

उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’

माओवादी अध्यक्ष समेत रहेका दाहालले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदि भएको बताए । उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको धारणा राखे ।

दाहालले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । उनले भने,‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु’, उनले भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्तले हानेर निस्कन सक्छु ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode