Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

देउवालाई फोनमा प्रचण्डको भनाई–फेरि अर्को घुम्तीमा भेट हुनसक्छ


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बीच संक्षिप्त फोन वार्ता भएको छ । फोनवार्तामा प्रधानमन्त्री प्रचण्डले देउवालाई फेरि अर्को घुम्तीमा भेट हुनसक्ने बताएका हुन ।

देउवा निकट एक नेताले फोन वार्ता भएको जानकारी दिँदै प्रचण्डले अहिले मिल्न सक्ने कुनै ठाउँ नभएको,भविष्यको सम्भावनालाई कुरेर बस्न सल्लाह दिएको जानकारी दिए । कुराकानीका लागि देउवाले केही नेतालाई पठाउने जानकारी प्रचण्डलाई दिएका थिए । तर, प्रचण्डले अहिले त्यो आवश्यक नभएको र कुरा गर्न सम्भव पनि नभएको जवाफ फर्काएका थिए ।

यस अघि देउवाले अन्तिम श्वाससम्म गठवन्धन टिकाउन प्रयास गर्ने बताएका थिए ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode