Techie IT
  • २ वैशाख २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

केपी ओलीका लागि तयार गरिएको २०० किलोको माला विष्णु पौडेलको गलामा


ललितपुर । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा अध्यक्ष ओलीलाई बोलाइए पनि अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भएको थियो ।

ओलीको स्वागतका लागि मालासहित पुगेको जनकपुरधाम उपमहानगरपालिका कमिटीले विमानस्थलमा मात्रै ओली नआउने थाहा पाएको थियो। ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरूले बताएका छन् ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode