Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

शालिन पोखरेलको शंकास्पद मृत्युबारे सत्यतथ्य छानबिन गर्न चौतर्फी दबाब


काठमाण्डौ । चितवनस्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको शंकास्पद मृत्युप्रति राजनीतिक दलहरुले समेत चासो देखाएका छन् । पोखरेलको न्यायको मागसहित सामाजिक संजाल तातिरहेका बेला दलहरुले समेत निष्पक्ष छानविनको माग गरेका छन् ।

मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले विज्ञप्ती नै निकालेर माग गरेको छ । हाल आफै सत्तामा रहेको कांग्रेसको विज्ञप्तीमा छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गरिएको छ । विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद भन्दै कांग्रेसले झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर भएको उल्लेख गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत यो घटनाले बेचैन बनाएको भन्दै गहिरो र विश्वसनीय अनुसन्धान गर्न माग गरेका छन् । यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीको आग्रह छ । उनले हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् भनेका छन् । । त्यस्तै शुक्रबार चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समेत यो घटनामा प्रहरी र परिवारसँग नियमित संवादमा रहेका र निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई खबरदारी गरिरहेको बताएका छन् ।

सामाजिक संजाल प्रयोगकर्ताले आज दिनभर यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । जस्टिस फर शालिन भन्दै धेरैले न्यायको खोजि गरेका छन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode