प्रधानमन्त्री संसदमा उपस्थित नभएपछि प्रतिपक्षको आपत्ति, २१ गते जवाफ दिन सभामुखको रुलिङ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गरेको छ । संसदको शुक्रबार बसेको बैठकको सुरुमै विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाएका हुन् ।
दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले सरकार जवाफदेही नभएको आरोप लगाए । प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे ।
सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् । १४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भए ।।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया