Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर जिल्लाको एमालेको अध्यक्षमा कसले मार्ला बाजी


ललितपुर । नेकपा [एमाले ]ललितपुर जिल्लाको नवौैँ जिल्ला अधिवेशनको नजिकिँदै गर्दा आकाक्षीहरुको चहलपहल बढ्दै गएको छ । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधीकारीमा चुनाव हुने सम्भावना बढे सँगै अध्यक्षका उम्मेदवारका आकाक्षीहरु देखापर्न थालेका हुन ।

अध्यक्षको उम्मेदावरीका लािग यतिबेला ललितपुर एमाले भित्र तिन जनाको नाम चर्चामा आएको छ । अध्यक्षको उम्मेदवारमा पुरुषोत्तम आचार्य, चेतनाथ सञ्जेल र दिनेश कार्की आकाक्षा व्यक्त गरेको ललितपुर एमाले स्रोतले खोजमिसन न्युजलाई जानकारी दिएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका परुषोतम आचार्यले राजनीतिक यात्राका क्रममा राजनीतिक परिवर्तनको नेतृत्व गर्दा राजद्रोहको मुद्दासमेत खेपेका थिए । आचार्यले लामो समय जिल्ला कमिटिमा रहँदै सचिवको समेत जिम्मेवारी पूरा गरेका थिए । उनी वर्तमान जिल्ला अध्यक्ष समेत हुन् यद्यपी उनको कार्यकाल आलोचनामुक्त भने बन्न सकेन ।

यसैगरी अध्यक्षका अर्का आकाक्षी चेतनाथ सञ्जेल भूगोलबाट उदाएका नेता हुन् । उनी एमाले ललितपुर क्षेत्र नं १ को पूर्व अध्यक्ष हुन् । सञ्जेल पूर्व बागमती प्रदेश सभा सदस्यसमेत हुन् । उनी माथी पनि कार्यकर्ताहरुको गुनासोको पोको थुुप्रिएर बसेको छ ।

आचार्य र सञ्जेल सगँ सगै अध्यक्षका अर्का आकाक्षी एमाले ललितपुरका नेता तथा ललितपुर–२४ का पूर्व वडाअध्यक्ष दिनेश कार्की हुन । उनी एमाले बागमती प्रदेश कमिटिका पूर्व सदस्य समेत हुन् ।

वडा अध्यक्ष हुदाँ देखि निर्वाचनताका उनले निभाउनु पर्न भुमिका माथि ललितपुर एमाले भित्रै बारम्बार प्रश्न समते उठ्ने गरेको थियो । नवौं जिल्ला अधिवेशन नजिकिदै गर्दा यी तिन मध्ये बाट नै कुनै एकले बाजी मार्न निश्चिीत छ यदपी एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल र छलफल गरिरहेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode