Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

टेरामक्स, वाइडबडी र सेक्युरिटी प्रेसको टेप प्रकरणको छानबिन अन्तिम चरणमा


काठमाण्डौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि र राजश्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन गरी अनियमितता भएको आशंकामा अख्तियारले छानबिन गरिरहेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतसमेत जोडिएको यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै लामो समयदेखि वाइडबडी खरिद प्रकरणको छानबिन भइरहेको छ । तर अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकाले सरकारको पनि सहयोगको आवश्यकता देखिएको राईले बताए ।

तत्कालिन संचा तथा सुचना प्रविधी मन्त्री गोकुल बास्कोटा मुछिएको सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको छ । यो प्रकरणमा पर्याप्त प्रमाण र आधार नभेटिएको भन्दै अख्तियारले लचकता देखाएको संकेत गरेको छ । राईले अहिले सवै भन्दा बढि भ्रष्टाचार आइटि क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुदे सुझाव दिएको जानकारी दिए ।

अख्तियारले चमेलिया जलविद्युत आयोजना, रामग्राम जग्गा लिज प्रकरण लगाएतका बिषयमा अध्ययन गरिरहेको छ । गतबर्ष २८ हजार उजु्री परेकोमा ६५ प्रतिशत फछयौट भएको र अहिले पनि त्यहि हाराहारीमा पुग्ने गरि उजुरी आइरहेको अख्तियारले जानकारी दिएको छ । पछिल्लो समय सार्वजनिक जग्गा हिनामिना गर्ने प्रवृति बढिरहेको छ । जग्गा हिनामिनाको विषयमा अत्याधिक उजुरी पर्ने गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode