Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

मंसिर ४,यी निर्वाचन क्षेत्र र उम्मेदवारबीच हुँदैछ रोचक भिडन्त


काठमाडौं । प्रदेश सभा र संघीय संसदका प्रतिनिधि छान्ने चुनाव नजिकिएसँगै यतिबेला देशभर राजनीतिक माहौँल तातिएको छ । टिकट पाएका नेताहरु आफ्नो पक्षमा मत कसरी पार्ने भन्दै निर्वाचन क्षेत्र केन्द्रीत बन्दैगर्दा नेतृत्वलाई प्रश्न उठाएबापत, अनि दलीय संगठनबाहेक समाजमा विभिन्न प्रभाव राखे पनि आन्तरिक पार्टी जीवनबाटै कतिपय नेताहरु किनारा लगाइएका छन् । एमालेका बौँद्धिक नेता घनश्याम भूसाल, अध्यक्ष ओलीका कटु आलोचक भीम रावल, माओवादी नेता हरिबोल गजुरेल, कांग्रेस नेता डा।मिनेन्द्र रिजाल र अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता स्वर्णिम वाग्ल टिकट पाउनबाटै बञ्चित बनाइएका छन् ।

चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरु नै यतिबेला अन्य दलसँगको गठबन्धनमा छन् । सत्तारुढ गठबन्धनका रुपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चा चुनावी मोर्चाको एउटा कित्तामा छन् । यता, नेकपा एमालेले आफुलाई बलियो प्रतिद्धन्द्धीका रुपमा उभ्याउन राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपालाई साथमा लिएको छ ।

मुख्य दलबीचको दुई गठबन्धन, सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवार चर्चामा रहेको मंसिर ४ को निर्वाचनमा कहाँ कहाँ हुँदैछ त रोचक भिडन्त रु अनि दलका शिर्ष नेताहरु कति सुरक्षित छन् रु भ्रष्टाचार र गम्भिर फैजदारी अभियोगमा मुछिएकाहरु समेत चुनावी मौदानमा कसरी आए रु
यी निर्वाचन क्षेत्र र उम्मेदवारबीच हुँदैछ रोचक भिडन्त
गुल्मी–२ को चुनाव एमाले सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भीडन्तका कारण रोचक बन्दैछ । झण्डै तीन दशक एउटै दर्शनमा बाँधिएका यी २ प्रतिस्पर्धी आफूले चुनाव जित्ने आँकलन गरिरहेका छन् । यसअघिका चुनावमा विष्टका लागि भोट मागेकी झाँक्री अहिले चुनौती बनेकी छिन् ।

०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका विष्टले ०६४ मा मात्रै माओवादीका उम्मेदवारसँग पराजय ब्यहोरेका छन् । विगतको विरासत र लोकप्रियताका कारण विष्ट केही सुरक्षित देखिएपनि गठबन्धन दलको बलमा चुनाव जित्नेमा झाँक्री समेत ढुक्क जस्तै छिन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २
सर्लाही क्षेत्र नं। २ मा समेत यतिबेला चुनावी माहोल तातेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच भिडन्त हुन लागेको यो क्षेत्रमा एमालेले समेत स्थानीय रुपमा पकड रहेका राजनारायण साहलाई मैदान उतारेको छ ।

धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महतो एमाले नेता जुलीकुमारी महतोलाई छाडेर सर्लाही आएसँगै मित्रवत भिडन्त महाभिडन्त देखिने भएको हो ।
सप्तरी निर्वाच क्षेत्र नम्बर २
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता तथा पूर्वमन्त्री जयप्रकाश ठाकुर बीचको त्रिपक्षिय भिडन्त सप्तरी–२ मा हुँदैछ ।

सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता तथा पूर्वमन्त्री ठाकुरको उम्मेदवारीले यादवलाई चुनौती थपिरहँदा पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राउतले थप जोखिम बढाएका छन् । स्थानीय तह निर्वाचनको बराबरी जस्तो मतभारले समेत यो निर्वाचन क्षेत्रमा रोचक भीडन्त हुँने देखाएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १
रुपन्देही–१ मा झनै रोचक प्रतिस्पर्धात्म माहौँल देखिएको छ । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । यो क्षेत्रमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट भने छबिलाल विश्वकर्मा मैदानमा छन् ।

०७४ को चुनावमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोरालाई पराजित गरेका भुसाल यहाँपनि राप्रपासँगको तालमेलका कारण रोकिएपछि सत्ता सगठबन्धको साथमा स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय तहको मत हनुसार एमाले उम्मेदवारको पल्लाभारी रहेको रुपन्देही १ मा भुषालले कस्तो चुनौँती प्रस्तुत गर्छन, मंसिर ४ कुर्नुपर्नेछ ।
चितवन निर्वाचन क्षेत्र नम्बर १
चितवन–१ मा अर्थतन्त्रका राम्रा जानकारहरु चुनावी प्रतिस्पर्धामा छन् । चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्वनाथ पौडेलबीच महाभिडन्त हुने देखिएको छ । अर्थतन्त्र र अर्थशास्त्रका अब्बल मानिने दुई नेता मध्ये कस्ले बाँजी मार्छन रु

मंसिर ४ पछि मात्रै खुल्नेछ । कांग्रेसका डा। स्वर्णिम वाग्लेलाई पन्छाउँदै उम्मेदवार बनेका पौडेलले पूर्व अर्थमन्त्री पाण्डेलाई पराजित गर्छन वा आफै पराजित चासोका साथ प्रतिक्षा भैरहेको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर २
दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । माओवादी नेता कृष्णबहादुर महराले चुनाव नलडेपछि अवसर पाएकी माओवादीको प्रभावशाली महिला नेतृ शर्माले पोखरेललाई कडा टक्कर दिने आँकलन गरिएको छ ।

सत्तारुढ गठबन्धनलाई चिर्दै एक्लै जित निकाल्नु शंकरलाई सजिलो नहुँने आँकलन गरिएपनि महराले मैदान छोड्दा केही राहत मिलेको दाबी एमाले बृत्तमा भैरहेको छ । कांग्रेसको गढ भएको क्षेत्र, पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेकी शर्माको उम्मेदवारी एमालेका प्रभावशाली नेता पोखरेलका लागि ठूलो चुनौँती बन्ने निश्चित छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १
मकवानपुर–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय, एमालेको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंह चुनावी मैदानमा छन् । पञ्चायतकालदेखि नै कमल थापाका सारथि रहेका सिंह अहिले प्रतिस्पर्धी बन्दा सत्ता गठबन्धनको बलमा चुनावमा होमिएकी उपाध्यायले समेत टक्कर दिनेछिन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २
मकवानपुर–२ मा झनै रोचक चुनावी भिडन्त हुँदैछ । यहाँ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र एमाले युवा नेता महेश बर्तौला प्रतिस्पर्धामा छन् । कुनै बेला गुरु–चेलाको सम्बन्ध रहेका खतिवडा र बर्तौला अब प्रतिस्पर्धीका रुपमा मौदान उत्रिएका छन् । २०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन खटिएका बर्तौला चुनौँती बन्छन वा बन्दैछन मंसिर ४ पछि मात्रै खुल्नेछ ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २
धादिङ–२ मा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सँगै चुनावी अभियानमा होमिएका राजेन्द्र पाण्डे र भूमि त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ । बागमती प्रदेशका मुख्यमन्त्री रहेका पाण्डेलाई झण्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका त्रिपाठीले चुनौँती थपिदिएका छन् ।

यसपटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् । चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेलको स्वतन्त्र उम्मेदवारीले समेत यो निर्वाचन क्षेत्रको भिडन्तलाई रोचक बनाएको छ ।
लमजुङ निर्वाचन क्षेत्र
लमजुङमा गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादीका महासचिव देव गुरुङबीच महाभिडन्त हुँदैछ । एक अर्काविरुद्ध उठ्न नचाहेका दुबै परिस्थितिले प्रतिद्वन्द्वीका रुपमा खडा भएसँगै यहाँको चुनावी माहौँललाई चासोका साथ हेरिएको छ ।

एमाले नेता गुरुङ प्रदेशसभामा चुनाव लडेर पुनः मुख्यमन्त्री हुने योजनामा रहेपनि अध्यक्ष ओलीको रोजाईमा खगराज अधिकारी परेसँगै लमजुङमा दुई ‘हेभीवेट’ गुरुङको भिडन्त हुने भएको हो ।
इलाम निर्वाचन क्षेत्र नम्बर १
इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले नेता महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ । आफ्नो व्यक्तिगत प्रभाव र सत्ता गठबन्धनको बलमा चुनाव जित्ने आँकलन गरिरहेका खनाललाई एमालेको मत भारी पर्ने देखिएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर १
दाङ–१ मा एमालेबाट शान्ता चौधरी र नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । एमालेका पूर्व सहकर्मीको भीडन्त हुने यो क्षेत्रलाई चासोका साथ हेरिएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८
काठमाडौं ८ लाई एमालेको बलियो पकड रहेको क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा जीवनराम श्रेष्ठले एमालेबाट जितेपनि अहिले उनी एकीकृत समाजवादीबाट चुनावी मैदानमा छन् ।

एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी मैदानबाट पछि हटेसँगै शिव राजवैद्य श्रेष्ठका प्रतिस्पर्धी बनेका छन् । अष्टलक्ष्मी पछि हट्दा गठबन्धनको बलमा चुनाव जित्नेमा श्रेष्ठ आँसावादी देखिएका छन् ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर २
पाल्पा २ मा दुई पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको बलमा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेकै कारण लामो समय एमाले बाट टिकट पाउन बञ्चित बनेका ठाकुर गैरे अहिले उनकै प्रतिस्पर्धी बनेका छन् । यहाँको चुनावी भिडन्त समेत रोचक हुँने आँकलन गरिएको छ ।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० निर्वाचन क्षेत्र नम्बर १
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० १ मा पनि रोमाञ्चक प्रतिस्पर्धा हुने निश्चित भएको छ । यहाँ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उद्योगी विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयस त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ । निष्ठाको राजनीति गर्ने त्रिपाठी र नेपालका एक्ला खर्बपति बीचको चुनावी भिडन्तलाई समेत चासोका साथ हेरिएको छ ।
अधिकांश शिर्ष नेता सुरक्षित, उपेन्द्र, महन्थ र राजेन्द्रमाथी चुनौँती
२०४८ देखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा यसपटक पनि सोही क्षेत्रको चुनावी मैदानमा छन् स्थानीय तहको चुनावी नतिजा र पाँचदलीय गठबन्धनले उनको जनाधारलाई अझै बलियो बनाएकाले चुनाव जित्नेमा ढुक्क छन् । कांग्रेस ९बीपी० बाट कर्ण मल्लले देउवालाई चुनौँती दिदैछन । मल्ललाई एमालेको समर्थन र केही स्वतन्त्रको चुनौँती समेत देउवाको जितका लागि बाधक नहुने आँकलन भैरहेको छ ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाट सुरक्षित रुपमा चुनावी मौदानमा होमिएका छन् । गत स्थानीय तहको चुनावी नतिजा र चुनाव जित्न राप्रपा अनि जसपासँग गरेको चुनावी तालमेलले समेत चुनावी परिणाम आफ्नो पोल्टामा पार्नेमा ओली ढुक्क छन् । चितवन ३ मा कांग्रेसको शेखर कोइराला पक्षबाट असहयोग हुने देखेर गोरखा निर्वाचन क्षेत्र नम्बर २ तर्फ हानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सुरक्षित देखिन्छन् ।

पूर्वप्रधानमन्त्री एवं जनयुद्धका सहयात्री डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठलाई साथ लिएर अघि बढेका प्रचण्ड गत स्थानीय तहको चुनावी नतिजाले समेत आफू सुरक्षित रहेको आँकलन गरिरहेका छन् । साथै, कांग्रेस, एकीकृत समाजवादी एक ठाउँ रहेकाले उत्साह थप थपिएको छ । एमालेसँग अर्थात विशेषगरि अध्यक्ष केपी शर्मा ओलीको चरित्र र व्यवहारसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी जन्माएका अध्यक्ष माधवकुमार नेपाल रौँतहट १ मा चुनाव जित्नेमा उत्साहित छन् ।

सत्ता गठबन्धनसँगै स्थानीय तहमा पाएको पहिलो दलको मतभारका कारण पनि नेपाल आफू सुरक्षित भएको अनुभुती गरिरहेका छन् । यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कांग्रेसको मत र साथ नपाएमा जोखिममा छन् । यता, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पनि तनहुँ १मा आफू सुरक्षित रहेको महसुुस गर्दैछन् । गत स्थानीय तहको चुनावी नतिजा र वडा तहमा पाएको मत हेर्दा आफ्नै पार्टीका नेता÷कार्यकर्ता र गठबन्धनमा रहेका दलहरुले धोका नदिए पौडेलको जित सहज नै देखिन्छ । पौडेलले आफू अन्तिम पटक चुनाव लड्न लागे भन्दै भावनात्मक भोट समेत बटुलेका छन् ।

पहिलेका प्रतिस्पर्धी एकृकीत समाजवादीका नेता किसन श्रेष्ठ समेत पौडेलकै पक्षमा देखिएका कारण समेत जित सहज आँकलन गरिएको छ । यता, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं ५ मा सुरक्षित रहेका आँकलन गरिएको छ । यसपटक पोखरेलसँग कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धा गर्दैभएपनि स्थानीय तहको चुनावी नतिजा र वडा अध्यक्षमा पार्टीहरुले पाएको मतका आधारमा काठमाडौं ५ मा एमाले नै पहिलो दलका रुपमा उभिएको छ ।

यता मधेशवादी राजनीति गरिरहेका जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर भने आफूलाई असुरक्षित महसुस गर्ने अवस्थामा छन् । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारुढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता तथा पूर्वमन्त्री जयप्रकाश ठाकुरले चुनौँती दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष ठाकुरलाई यसपालि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ । ठाकुरविरुद्ध एमालेसहितको समर्थनमा जनता समाजवादी पार्टीबाट हरिनारायण यादवले चुनौँती दिएका छन् । रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, केही निर्वाच क्षेत्रमा राम्रो प्रभाव राख्नेहरुमार्फत भएको स्वतन्त्र उम्मेदवारी दर्ताको लहरले लामो समयसम्म राजनीतिमा सुरक्षित महसुुस गरेका नेताहरुलाई चुनौँती थपिदिएको छ । पाँचवर्षमा थपिएका नयाँ मतदाता र दलका नेताहरुको बिकल्प खोज्नेगरि सुरु भएको स्थानीय तहको चुनावी लहरको प्रभाव मंसिर ४ मा कस्तो पर्छ रु चासोका साथ प्रतिक्षा भैरहेको छ ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode