Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रतिवेदन सर्वसम्मत, अब केन्द्रीय समितिमा


काठमाण्डौ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका प्रस्तावहरु पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन गोदावरीस्थित महासमिति बैठक हलले बिहीबार पारित गरेको घोषणा गरेको हो ।

महामन्त्री थापाले प्रस्तावहरु पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए । प्रस्ताव पारित भएसँगै महामन्त्री थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव केन्द्रिय समितिमा जाने भएको छ । थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक प्रस्ताव पेश गरेका थिए । बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए । त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । तैपनि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

यससँगै अब कांग्रेस केन्द्रीय समितिले अन्तिम रुप दिएर प्रस्तावलाई अनुमोदन गर्ने छ । मुख्यतः महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गठबन्धनलाई रणनीतिक विषय मात्रै बनाउनुपर्ने सुझाव हलबाट आएको थियो । यस्तै पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने पनि अधिकांश समूहको निष्कर्ष रहेको थियो ।

थापाले विभिन्न प्रस्तावहरू पारित भएसँगै महासमिति बैठक सकिएको जानकारी गराए ।  थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको जानकारी दिए । ‘वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढसंकल्पित रहने अठोट गर्दै,अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सवैखाले विभेद र हिंशाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ’महामन्त्री थापाको भनाइ छ ।

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए। भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्।

सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने उनले बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताए।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode