आगलागीबाट क्षतिग्रस्त पोखराको नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग

ललितपुर । रात्रीकालिन मनोरञ्जन व्यवसायी संघले पोखरा महानगरपालिका ८ स्थित सिर्जनचोकमा रहेको नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग गरेको छ ।
आगालगी बाट पुर्ण रुपँमा क्षति भएको दोहारी साँझलाई सहयोग गरिएको हो । सघंको कोटेश्वर स्थित कार्यालयमा रेस्टुरेन्ट व्यवसायी सघं पोखराका अध्यक्ष जिवन गुरङलाई सघंका पदाधीकारीहरुको उपस्थीतीमा सघंका अध्यक्ष आशिष खड्काले ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गरिरहेको सघंका अध्यक्ष आशिष खड्काले खोजमिसन न्युज लाई जानकारी दिए । कोभीड महामारीको समय वा अन्य समस्याका बेला संघले आवश्यकताअनुसार सहयोग गर्दै आएको छ ।
पोखराका अध्यक्ष गुरङले सघंलाई धन्यवाद दिदै आगामी दिनमा एकअर्का विच थप सहकार्य गदै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा सघंका महासचिव सगुन अधिकारी, वरिष्ठ उपाध्यक्ष दिनेश थापा, प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ र कोषाध्यक्ष राजकुमार कार्कीको सहभागिता रहेको थियो । केही समय अघि मात्र सघंले उच्च रक्तचापका कारण अस्वस्थ भई उपचाररत लोकगायक तथा सर्जक रेशम थापा लाई ५१ हजार आर्थिक सहयोग गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया