Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

दुग्ध विकास संस्थानका महाप्रबन्धकमाथि कालोमोसो, यस्तो छ आरोप


काठमाण्डौ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलेका छन् । दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा–बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

सो क्रममा हात हालाहाल भएको थियो । त्यसपछि क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै उनीहरु त्यहाँबाट भागेका थिए । झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, किसानबाट संकलित दूध पाउडर बनाएर गोदाममा थन्काएर भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा प्रस्ताव गरेको लगायतका आरोप क्रान्तिकारी युवा संगठनले लगाएको छ ।

पछिल्ला दिनमा वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताले कालोमोसो दल्ने अभियानलाई तिव्रता दिएका छ्न । केही दिनअघि यातायात विभागका डीजी उद्धव प्रसाद रिजालमाथि पनि उनीहरुले कालोमोसो दलेका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode