Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार


ललितपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् ।

कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’भूपदेवले भने । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन् । यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने बताएका छन् ।

एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् । बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode