मगर गाउँ माविले १८, १९ र २० गते स्वर्ण महोत्सव मनाउने

ललितपुर , कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंङ्खु स्थित श्री मगर गाउँ माध्यमिक विद्यालय ( कृषि प्राविधिक शिक्षालय ) ले आगामी फागुन १८, १९ र २० गते स्वर्ण महोत्सव मनाउने भएको छ ।विद्यालयले २०८० साल पौष २७ गते बृहत् भेला आयोजना गरि विद्यालय व्यवस्थापन समितिले विद्यालय स्थापनाको ५० ओैँ वर्षको अवसर पारेर स्वर्ण महोत्सव मनाउन लागेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार लामाको संयोजकत्वमा ५०५ सदस्यीय स्वर्ण महोत्सव मुल समारोह समिति बनाई ५०५ जनामध्ये बढीमा ५१ सदस्य सम्म रहने १ सचिवालय समिति र विभिन्न उप- समिति बनाई महोत्सव सम्बन्धि कार्य तिब्र बनाएको छ।
प्रकाशन उप- समितिले स्वर्ण महोत्सव लोगो र कार्यक्रम सहितको निमन्त्रणाको कार्ड बनाएसँगै सुचना सञ्चार तथा प्रचारप्रसार उप- समितिले प्रचारप्रसार कार्य अगाडि बढाएको हो ।
महोत्सव उद्घाटन फागुन १८ देखि सुरु हुने भएतापनि फागुन १६ र १७ गते खेलकुद
तथा शैक्षिक अतिरिक्त क्रियाकलाप हुनेछ ।
१८ गते उद्घाटन समारोहका दिन स्थानीय झाँकी बाजागाजा सहितको र्यालि, स्मारिका विमोचन , खेलकुद कार्यक्रम , मन्तव्य कार्यक्रम ,सम्मान कार्यक्रम र साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
दोस्रो दिन १९ गते सांस्कृतिक कार्यक्रम , कृषि तथा शैक्षिक प्रदर्शनी कार्यक्रम , पुनर्मिलन कार्यक्रम , शैक्षिक बहस कार्यक्रम , सम्मान कार्यक्रम , मन्तव्य कार्यक्रम र सांस्कृतिक कार्यक्रम हुने भएको छ।
महोत्सवको तेस्रो दिन २० गते विविध सांस्कृतिक कार्यक्रम , सम्मान तथा पुरस्कार वितरण कार्यक्रम ,मन्तव्य कार्यक्रम र समापन कार्यक्रम हुने भएको हो ।
श्री मगरगाउँ मावि विक्रम संवत् २०३० सालमा स्थापना भएको हो ।
यस विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुँदै आएको छ। श्री मगर गाउँ मावि शंङ्खुमा २०७४ सालदेखि कक्षा ९ देखि कक्षा १२ सम्म कृषि प्राविधिक शिक्षा सुरु भएको हो ।
यस विद्यालयबाट विद्धालय शिक्षा पूरा गरेर बाहिरिएका धेरै विद्यार्थी उच्चस्थानमा पगेर सेवा गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया