काठमाडौंमै भेटियो नक्कली मदिरा बनाउने कारखाना
ललितपुर । प्रहरीले नक्कली मदिरा बनाउने कारखाना चलाएका ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि पनि सोही काममा संलग्न रहेर खोजी सूचीमा रहेकादेखि धरौटीमा छुटेका समेत छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लिमा (३ अपरेसन अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ठूलो संख्यामा नक्कली मदिरा समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालय का डिएसपी अनिल घिमिरेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
घिमिरेकै नेतृत्वको टोलीले गरेको अपरेसनका क्रममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलिमा भाडामा घर लिएर नक्कली मदिरा उत्पादन गरी बजारमा पठाउने धन्दा चलिरहेको भेटिएको हो । यस्तो कार्यमा संलग्न रामेछाप, खाँडादेखि गाउँपालिका(२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका(९ का २८ वर्षीय गौरव तामाङ छन्।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा(९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका( ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका( ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी( २ का २० वर्षीय मनिष खत्री पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
मनोज खत्री तेस्रो पटक यो अपराधमा संलग्न रहेको पाइएको डिएसपी घिमिरेले बताए । पहिलो पल्ट पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेको र दोस्रो पटक भने भागेको प्रहरीले जनाएको छ । विनोद कार्की यसअघि तीन पटकसम्म प्रहरीलाई छलेर भागेका थिए । गौरव तामाङ पनि दोस्रो पटक यस्तो अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् । प्रहरीले उक्त घरबाट ठूलो संख्यामा नक्कली मदिरा, अन्तशुल्कको स्टिकर र नक्कली मदिरा बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको छ ।
उक्त स्थानबाट प्रहरीले नक्कली खुकुरी रम २८८ बोतल, फाइटर प्रिमयम डिलक्स ९०० बोतल, ३६५ डेज ब्ल्याक ट्रिपल एक्स ९६ बोतल, गोल्डेन वक ६३ बोतल, ८८४८ नामक ४८ बोतल र सगुन गोल्ड १५ बोतल बरामद गरेको जानकारी दिएको छ । यस्तै ठूलो मात्रामा खालि बोतल र बिर्को समेत पाइएको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया