Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

मिटर रिडरहरुको आमरण अनसन सुरु


काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन थालेका छन् । मिटर रिडर संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले ज्यालादारी वृद्धि हुनुपर्ने, गोटा पद्दती खारेज गरी दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

हाल देशभर रहेका ६२३ जना ‘गोटा गन्ती’का मिटर रिडरलाई ज्यालादारीका रुपमा राख्नुपर्ने उनीहरुको माग छ । हाल रिड गरेको मिटरको संख्याअनुसार उनीहरुले ज्याला पाउने गरेकोमा यो पद्दती हटाएर दैनिक रुपमा गर्नुपर्ने उनीहरुको माग छ । यसअघि आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाए पनि प्राधिकरणले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आमरण अनुसन सुरु गरेका हुन् । मिटर रिडर संघर्ष समितिका अध्यक्ष श्याम अधिकारीले अन्तिम विकल्पका रुपमा आमरण अनुसन सुरु गरेको बताए ।

गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्नुपर्ने, मिटर रिडरको संख्या किटानी गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भैपरी र ६० दिन सुत्केरी बिदा दिनुपर्ने, कार्य प्रकृति अनुसार सिटमा काम गरेवापतको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने समितिको माग छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode