Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

सन्दिपलाई आज सजाय सुनाइँदै


काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज सजाय सुनाउँदैछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । गत पुष १३ गने ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

सोही दिन लामिछानेमाथि सजाय निर्धारण गर्न आजका लागि पेसी तोकिएको थियो । तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था छ । गौशाला २६ ले उनी विरुद्ध दिएको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।

गत वर्षको भदौ ५ गते गौशालाको होटेलमा आफूलाई बलात्कार गरेको भन्दै गौशाला २६ ले प्रहरीमा किटानी दिएकी थिइन् । भदौ २१ गते उनीविरुद्ध गौशाला प्रहरीमा किटानी जाहेरी पर्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न गएका थिए । पछि काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode