राष्ट्रियसभामा एमालेलाई भाग दिने प्रचण्डको प्रस्तावले गठबन्धनमा दरार

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नवनाउन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको प्रस्तावका बारेमा जानकारी गराउदै राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नवनाउन आग्रह गरेको जानकारी गराएका हुन् । बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव बुझेर गठबन्धन दलबीच थप छलफल हुने जानकारी दिए ।
एमालेलाई भाग दिने विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको र एमालेसंगको सहकार्य ससर्त हुने पाण्डेको भनाई छ । पुष २३ गते उम्मेद्वारी दिनका लागि २० सिट मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रीत भएको थियो । अन्तिम निष्कर्षका लागि गठबन्धनको बैठक बिहीबार बिहान बस्ने भएको छ ।
सत्ता गठबन्धनको बैठकपछि एमाले अध्यक्ष केपी ओलीले वालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । सत्ता गठबन्धन मिलेरै निर्वाचनमा गए एमालेलाई चुनाव जित्न कठिन देखिन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री एमालेसँग लचिलो बनेर भागबण्डामा सहभागि गराउन चाहेपछि गठबन्धनका अन्य दल भने असन्तुष्ट छन् ।
दुई दिनसम्म बसेको कांग्रेस र माओवादीबीचको बैठकमा एमालेलाई पनि केही सीट दिएर जानेबारे सकारात्मक छलफल भएपछि अन्य दलले असन्तुष्टि जनाएका हुन् । गठबन्धनमै भएका दलहरुको आकांक्षा धेरै भएकाले एमालेसहितको सहमति बन्न सम्भावना न्यून बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया