Techie IT
  • २० फागुन २०८०, आईतबार
  • काठमाडौं
Khoj Mission News

बालेनले निलम्बन गरे सचिवालय प्रमुख न्यौपानेसहित तीन कर्मचारी


ललितपुर । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफुखुसी परिवर्तन गराएको पाइएपछि सचिवालय प्रमुख न्यौपाने, स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरिएको बताइएको छ ।

नगर सभाले पाँच जना कार्मचारीको करार अवधि थप गर्ने निर्णय गरेकोमा वरिष्ठ शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन उक्त निर्णय दुई पटक फेरबदल गरेको बताइएको छ ।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode