Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

चुडामणि शर्मा फेरी फन्दामा, विशेष अदालतको फैसला अस्वीकार गर्दै अख्तियार पुग्यो सर्वोच्च


काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको हो । सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४५ साल साउन २३ गतेदेखि २०७३ साल मंसिर २९ गतेसम्म शर्माले भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

शर्माले आफूले कमाएको पैसा भ्रष्टाचार नभै विभिन्न कार्यबाट आम्दानी गरे पनि त्यसमा दाबी र प्रमाण नपुग्ने अख्तियारले जनाएको छ । अख्तियारका अनुसार शर्माले पुस्तक विक्रिबाट आम्दानी भएको भनिएको १४ लाख ९७ हजार ५ सय ४९ रुपैयाँ सत्यतथ्य होइन । उनको स्याङ्जामा रहेको पैतृक सम्पत्ति र त्यसबाट भएको आम्दानीको विवरण पनि झुटो भएको अख्तियारको जिकिर छ । शर्माले घरायसी, शैक्षिक, पारिवारिक र सामाजिक शीर्षकमा खर्च गरेको रकम ३ करोड ५६ लाख ४ हजार ५ सय ७० रुपैयाँ पेश गरेकोमा त्यसलाई विशेष अदालतले न्यायोचित अनुमान गरी खर्च रकम २५ लाख रुपैयाँ कायम गरिदिएकोलाई अख्तियारले त्रुटीपूर्ण भनेको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेको मिति :
२०४५ साल साउन २३ गते
सेवा अन्त्य : २०७३ साल मंसिर २९ गते
पुस्तक विक्रिबाट आम्दानी भएको भनिएको १४ लाख ९७ हजार ५ सय ४९ रुपैयाँ सत्यतथ्य होइन
स्याङ्जामा रहेको पैतृक सम्पत्ति र त्यसबाट भएको आम्दानीको विवरण झुटो
३ करोड ५६ लाख ४ हजार ५ सय ७० रुपैयाँ पेश गरेको
विशेष अदालतले न्यायोचित अनुमान गरी खर्च रकम २५ लाख रुपैयाँ कायम गरेको
घर निर्माणको लागत १ करोड ३८ लाख ८६ हजार ४ सय ३३ रुपैयाँ
बैँकको कर्जा चुक्ता प्रयोजनमा २३ लाख ९६ हजार ६ सय ७६ रुपैयाँ
समग्र खर्च ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ
वैधानिक आम्दानी ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ
३ करोड ४५ लाख ३२ हजार ३ सय ५६ रुपैयाँ गैरकानुनी रुपमा आर्जन

त्यसैगरी विशेष अदालतबाट घर निर्माणको लागत १ करोड ३८ लाख ८६ हजार ४ सय ३३ रुपैयाँ र बैँकको कर्जा चुक्ता प्रयोजनमा २३ लाख ९६ हजार ६ सय ७६ रुपैयाँ खर्च कामय गरिएको सम्बन्धमा अन्यथा पुष्टी हुने अवस्था नदेखिँदा पुनरावेदन तथा वादीको जिकिर नरहेको अख्तियारले उल्लेख गरेको छ । सबै आम्दानी र खर्चको विवेचना गर्दै अख्तियारले शर्माको समग्र खर्च ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ रहेको तर वैधानिक आम्दानी ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ रहेको दाबी गरेको छ ।

यसरी हेर्दा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३ सय ५६ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख गरेको छ । यससम्बन्धमा विशेष अदालतले त्रुटीपूर्ण फैसला गरेको भन्दै उक्त फैसला बदर गरी त्रुटीरहित फैसला गर्न माग गर्दै अख्तियारले मुद्धा दायर गरेको हो । चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । उनलाई साविक भ्रष्टाचार ऐन २०१७ को दफा १५ एवम प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिम कसुर गरेको अख्तियारले स्पष्ट पारेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode