सांसद कोइरी र केपी ओलीबीच भेटवार्ता
काठमाण्डौ । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आज बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन् ।
कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो ।
मंसिर २८ गते सर्वोच्चले उनलाई ज्यान मुद्दामा सफाइ दियो । अदालतबाट सफाइ पाएसँगै उनले संसद् सचिवालयमा आफ्नो निलम्बन फुकुवा गर्न निवेदन दिएका थिए । उक्त निवेदन र अदालतको पत्रका आधारमा सांसद कोइरीलाई संसद् सचिवालयले निलम्बन फुकुवा गरिसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया