काठमाडौं महानगरभित्रका स्कुलले अब डिआई राख्न नपाउने
ललितपुर । काठमाडौं महानगरपालिकाका विद्यालयहरुले डिसिप्लिन इन्चार्ज ९डिआई० राख्न नपाउने भएका छन् । काठमाडौं महानगरले आज सूचना जारी गर्दै विद्यालयहरुमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न अनुरोध गरेको हो ।
केही विद्यालयहरुले अनुशासन कायम गर्न भनी इन्चार्ज राख्ने गरेको र ती व्यक्तिहरुले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएको भन्दै महानगरले डिआई नराख्न अनुरोध गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया