ललितपुरको ठेचोस्थित नवदुर्गा भवानीको बाह्र बर्षे मेलाको समापन प्रधानमन्त्रीले गर्न
ललितपुर । ललितपुरको ठेचोमा मनाइने नवदुर्गा भवानीको १२ वर्षे पौराणिक सास्कृतिक जात्राको समापन शनीवार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलाको औपचारीक रुपमाँ समापन गर्न गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खोजमिसन न्युज लाई जानकारी दिए । यस्तै नव दुर्गा भवानी गुठीले मेलाको समापन कार्यक्रममा सबैलाई सहभागी हुन समेत आब्हान गरेको छ ।
गुठीले सुचना प्रकाशीत गदै मेला सफल बनाउन सहयोग गर्न स्वयंसेवकहरुलाई सम्मान गर्न कार्यक्रम समेत राखेको जानकारी दिएको छ । गएको २०६७ सालमा मनाइएको यो जात्रा गएको साउनको १० गते गथामुग चह्रेका दिनबाट सुरु भएको थियो ।
नवदुर्गा भवानी रहेको मुल मन्दिरमा विषेश पूजा गरेर भोज खाएर ताल्चा लगाएपछि जात्रा सुरु भएको हो । चैत्रसम्म चलेको जात्रामा २८ वटा विभिन्न पूजाआजा गरी ६० वटा बली दिएको थियो । जात्रा सुरु हुदाँ ठेचोका मन्दिरहरुमा रहेका घण्टीहरु बाँधिएको हुन्छ । जात्राअवधिभर घण्टी बजाउन नमिल्ने परम्परा रहको छ । जात्राअवधी भर गाँउभर विभिन्न नियमहरु उल्येख गरेर फ्लेक्समा सूचना टासिएको हुन्छ ।
सूचनामा उल्येख भए अनुसार सम्पूर्ण ठेचो गाउँवासीले केही नियमहरु पालना गर्नुपर्छ । यदि यी नियमहरु पालना नगरी गाउँमा वा कुनै व्यक्ति माथि कुनै अनिष्ट भएमा श्री नवदुर्गा भवानी देवी गुठी परिवार जिम्मेवार नहुने गुठिले बताएको हुन्छ । यस सूचनाको बारेमा घरबेटीले भाडामा बस्नेलाई सूसूचित गारईदिने गरेका छन ।
पौराणिक मान्यता अनुसार पटक पटक भोजभतेर, बिहे, व्रतबन्ध गर्नु हुँदैन । ठेचो गाँउमा रहेका पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुन्ड्याएर बस्नु हुँदैन । पाहुनालाई बास दिन र बेलुका ९ बजेदेखि विहान ४ बजेसम्म गाँउमा हिडडुल गर्न हुँदैन । जात्रामा सिट्टी, ताली, घण्टी बजाउन हुँदैन भएका यी बाजाजन्य सामाग्री बाँधेर राख्नुपर्छ परम्परा रहेको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया