Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई, सन्दिपप्रति सकारात्मक


काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले प्रशिक्षणमा क्रममा खेलाडीहरुले राम्रो क्षमता देखाएको जिकिर गर्दै आगामी दिनमा नेपाली राष्ट्रिय क्रिकेट टीमले राम्रो गर्ने बताए । आफ्नो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै भएको उनको भनाइ छ ।

सन्दीप लामिछानेका बिषयमा उनले मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिएको र टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको बताए । त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने सम्पूर्ण कानुनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा आएको दाबी गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode