Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको ओलीको आरोप


ललितपुर । नेकपा [एमाले] अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाटा–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा नुवाकोट पुगेका ओलीले उक्त प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका हुन् । उनले वर्तमान सरकारलाई कमिसनको खेल बन्द गर्नसमेत आग्रह गरे ।

केही वार्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिनुपर्ने उक्त कम्पनी सरकारी स्वमित्वमा आउनबाट छल्न विभिन्न प्रकारका चलखेल गरिएको उनको आरोप छ । उनले यस्ता प्रकारका आर्थिक अपराध नेकपा ९एमाले० र नेपाली जनतालाई मान्य नहुने बताए ।

वर्तमान गठबन्धन सरकार नेपाल र नेपाली जनताको हितमा भन्दा पनि आफ्नै हितमा लागेको उनको आरोप छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode