Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस एक्लै चुनावमा गए बलियो हुने शेखरको दाबी


काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एक्लै चुनाव लडे मात्रै कांग्रेस बलियो हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै कोइरालाले देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस भएको भन्दै एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुने बताएका हन् ।

उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए । उनले केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको र व्यक्तिवाद हावी भएका कारण चितवनमा पार्टी कमजोर देखिएको जिकिर गरे ।

चितवनका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ थियो । नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode