Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

नेविसंघमा भाँडभैलो, काठमाण्डौमा झडप


काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको संस्थापन र इतर पक्षका पक्षबीच विवाद भएको छ । सोमबार काठमाडौंको नयाँबानेश्वरस्थीत नेपाल कमर्श क्याम्पसमा संस्थापन इतर पक्षले स्ववियु निर्वाचन विशेष सुझाव संकलन कार्यक्रम गर्न खोज्दा दुई पक्षबीच विवाद भएको हो । आफुहरुले सुझाव संकलन गर्न खोज्दा संस्थापन पक्षले बिथोल्न खोजेको संस्थापन इतर पक्षको आरोप छ । विवाद भएपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा क्याम्पस पुगेका थिए । नेविसंघ संस्थापन इतरकी नेतृ प्रेमिका रानामगरले आफुहरुले क्याम्पसमा सुझाव संकलन गर्दा खोज्दा दुजाङ शेर्पा लगाएतले अवरोध सिर्जना गर्न खोजेको आरोप लगाइन् ।

उनले संस्थापन पक्षले अवरोध सिर्जना गर्न खोजेपनि सुझाव संकलन अभियानलाई निरन्तरता दिने बताइन् । यता संस्थापन पक्षले भने पार्टीले दिएको जिम्मेवारी अनुसार नेविसंघलाई एकढिक्का बनाएर लैजान खोजेको जनाएको छ । दुईपक्षबीच विवाद भएपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पछिल्लो समय नेविसंघका दुवैपक्षले समानान्तर गतिविधी गर्दै आएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode