Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

धितो भएका ऋणीलाई अब कालो सूचीमा राख्न नपाइने


ललितपुर। । नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । बुधवार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।

सो सूचना अवधिपश्चात मात्र जमानत दातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ’ केन्द्रीय बैंकले निर्देशनमा भनेको छ । सबै प्रक्रिया पुर्‍याएर केन्द्रीय बैंकको समेत निर्देशनमा कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता {कल खाता समेत} खोल्न पाउने छैनन् । तर कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने खाता खोल्न यस व्यवस्थाले बाधा नपुर्याउने केन्द्रीय बैँकले जनाएको छ ।

यसैगरी पहिले नै कालो सूचिमा परेको कुनै कम्पनी वा फर्मसँग अर्को कुनै कालो सूचीमा समावेश नभएको फर्म कम्पनीले ज्वाइन्ट भेन्चर {जेभी] मा रहेमा त्यस्तो कम्पनीको खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode