पैसाको लोभले जीवित श्रीमानको मृत्यु दर्ता, अख्तियारले हाल्यो मुद्वा
काठमाण्डौ । जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर भएको हो ।
खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ । यता वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए। मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ ।
भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो । एकल महिला भत्ताबाट खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ ।
अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया