तीनकुनेबाट महेश बस्नेतको गर्जनः ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?
ललितपुर । नेकपा एमालेको युवा संघ राष्ट्रिय युवा संघले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ । प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।
प्रदर्शनस्थलबाट सम्बोधन गर्दै एमालेका प्रभावशाली नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले दुर्गा प्रसाईँजस्ता मान्छेहरु राजाको पक्षमा उत्रिएको भन्दै ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन भनेर प्रश्न गरे ।
‘लोकतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । जुँगा मठारेर बसेका ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन रु’– उनले प्रश्न गरे ।
राजतन्त्रको नाममा यस्तै अराजक गतिविधि बढ्दै गए र पूर्व राजा ज्ञानेन्द्रले समर्थन जनाउँदै गएमा एक दिन उनले देश छाड्ने दिन आउने उनको दाबी छ
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया