Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वार्चित, गगन थापा पराजित


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका पाएका थिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी थिइन । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् ।

निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । संसदीय दलको चुनावमा पराजित भएका गगन थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

निर्वाचन परिणामपछि सञ्चारकर्मीहरूलाई पहिलो प्रतिक्रिया दिँदै उनले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई आग्रह गरे । चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको गगनले प्रतिक्रिया दिएका थिए ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode