Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना गम्भीर


ललितपुर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका(८, गोइरीज्युलामा बोलेर जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

जसमा ५ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode