Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

२०८० को एसईईको लागि आवेदन खुला


ललितपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । कार्तिक २४ गतेदेखि मंसिर मसान्त भित्र नियमित शुल्कमा र पुस १ गतेदेखि १५ गते भित्र विलम्ब शुल्कमा आवेदन दिनु गरी सूचना जारी गरेको हो ।

एसईईमा सामावेश हुनका लागि शैक्षिक सत्र २०८० मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले ९माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत० आवेदन दिनुपर्ने छ ।

फाराम भराउनका लागि बोर्डले सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश, शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तहका शिक्षा शाखार महाशाखा, विद्यालय तथा विद्यार्थीलाई सूचित गरेको छ ।

 


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode