ललितपुर महालक्ष्मीमा मेयर लडेका नकुल थापासहित नेकपा एसका नेता एमालेमा फर्किए

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता नकुल थापा र जिल्ला कमिटी सदस्य अष्टबहादुर महर्जनसहित करिब दुई दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।
बिहीबार नेकपा एमाले ललितपुर जिल्ला कमिटिद्वारा आयोजित पार्टी जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा थापासहित सबैलाई पार्टी महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया