ललितपुरको टाखेलबाट ८ जना जुवाडे पक्राउ

ललितपुर । ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नं। १० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा ललितपुरको बागमती गाउँपालिका वडा नं। १ घुसेल बस्ने ४० वर्षका नारायण गौतम, गोदावरी–१० टाखेलका ३७ वर्षका निराजन न्यौपाने, वर्ष १९ को श्याम महर्जन, कोन्ज्योसोम–२ शंखुका ४७ वर्षको उद्धब बजगाई, बागमती गाउपालिका वडा नं। ५ का ४२ वर्षका पासाङ स्याङ्तान तामाङ, वर्ष २७ का माधव घिमिरे र बागमती–४ का वर्ष ३५ का रमेश तिमिल्सिना रहेका छन् ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ, १५६ पत्ति तास, तास खेल्न विछ्याएको म्याटसहित पक्राउ गरेको हो ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया