Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

दुर्गा प्रसाइंसँग महेश बस्नेत रुष्ट, कांग्रेससँग सन्तुष्ट


काठमाण्डौ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरुको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरे ।

नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दैै गलत ढंगले नबुझ्न अनुरोध गरे । दुर्गा प्रसाईको गतिविधिको कडा विरोध गर्दै उहाले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चूप लागेर नवस्ने जिकिर गरे ।

झापामा आफूहरुको कार्यक्रम विथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको उनको दावी छ । संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरुलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरु प्रदर्शन हुने बताएका छन् । उनले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode