मानव अधिकार उल्लंघनका घटनाहरु अझै नरोकिएकोमा उपराष्ट्रपतिको चिन्ता
 
	
				
			काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै नरोकिएको बताएका छन् । १४औं राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै पुनले विभिन्न मानव अधिकारसँग सम्बन्धित संघ संस्थाले गरेको विभिन्न प्रयासका बाबजुत पनि मानव अधिकार उल्लंघनका घटनाहरु अझै नरोकिएको भन्दै मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्था पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए । उपराष्ट्रपति पुनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्ने भएकाले उक्त सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे ।
क्याटेगोरी : प्रमुख समाचार


 
                                                         
				 
				 
				 
				 
				




 
                    
प्रतिक्रिया