अपेन किड्स गट ट्यालेन्ट सिजन ३ आयोजना हुँदै
ललितपुर । मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल [अपेन] ले अपेन किड्स गट ट्यालेन्ट सिजन ३ आयोजना गर्ने भएको छ। २०७६ सालमा आयोजित पहिलो अपेन किड्स गट ट्यालेन्टको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको हो । प्रि स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपेनले जनाएको छ।
अपेन केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न हुने कार्यक्रम आगामी असोज २८ गतेका लागि तय गरिएको छ। सेन्ट जेभियर्स स्कुलको सभा हल जावलाखेलमा सम्पन्न हुने कार्यक्रममा विभिन्न विद्यालयका करिब ७४५ बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति रहनेछ। त्यस्तै करिब १५ सय अभिभावकको प्रत्यक्ष सहभागिता रहने बताइएको छ। कार्यक्रममा ३७ प्रिस्कुलहरुले सहभागिता जनाउदै छन ।
अपेनका केन्द्रीय सदस्य तथा गोदावरी नगरका अध्यक्ष पविन थापाले बालबालिकामा रहेका प्रतिभाहरुको उजगार गर्नुका साथै सामाजिक क्षमता अभिवृद्धिको लागि कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी खोजमिसन न्युज लाई दिए । थापा उक्त कार्यक्रमका संयोजक समेत रहेका छन ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया