Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

कालो मोसो दलेपछि दुर्गा प्रसाईको पत्रकार सम्मेलन : केपी ओलीभन्दा प्रचण्ड ठीक


काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेभन्दा नेकपा माओवादी केन्द्र ठीक रहेको प्रतिक्रिया दिएका छन् । कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।

उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद पनि दिए । देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताएका हुन् ।

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

प्रसाईँले १८÷२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे । उनले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए ।

उनले देश बचाउन मूलधारका मिडियाले नसक्ने भन्दै युट्युबरको हातमा देश जोगाउने जिम्मेवारी आएको समेत टिप्पणी गरे । प्रसाईंले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै यही अवस्था रहे देशमा लास उठाउने मान्छे समेत नहुने बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode