Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

ईश्वर पोखरेल र नारायण सिलवालको पहलमा एउटै वडामा १३ वटा पार्क (भिडियोसहित)


काठमाण्डौ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा पर्ने काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ मा मात्रै १३ वटा पार्क छन् । त्यस क्षेत्रका नागरिकलाई फुर्सदको समयमा कहाँ जाने भन्ने समस्या थियो । स्वच्छ वातावरणको खोजी गर्नेहरुले बस्ने ठाउसमेत पाउँदैनथे । मर्निङ वाक गर्ने ठाउँ पनि थिएन । युवादेखि जेष्ठ नागरिकसम्म बाहिर निस्किएर मन भुलाउन पाउँदैनथे । तर अहिले यो अवस्था फेरिएको छ । काठमाण्डौ ५ मा एमालेका नेता ईश्वर पोखरेल र प्रदेशसभा १ मा पनि एमालेकै नेता नारायण सिलवाल विजयी भएपछि पार्क निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीय तह, प्रदेश र संघ सरकारको बजेटको सदुपयोग गरेर पार्क बनाइएको हो भने यस कार्यमा त्यस ठाउँका जनताको पनि महत्वपूर्ण भूमिका रहेको थियो । स्थानीयबासीको साथ र सहयोगबिना यो काम सम्पन्न हुन सक्दैनथ्यो । तर विकास निर्माणको काममा उनीहरुको सहयोग अतुलनीय रहेको पोखरेल र सिलवालले बताउने गरेका छन् ।

१३ वटामध्ये अधिकांश पार्क निर्माण सम्पन्न भइसकेका छन् भने केही पार्क निर्माणाधिन अवस्थामा छन् । जसका कारण अहिले त्यस क्षेत्रका नागरिकले फुर्सदको समयमा आराम गर्ने र घुम्ने ठाउँ पाएका छन् । काठमाण्डौ महानगरको वडादेखि प्रदेश र प्रतिनिधिसभामा एमालेकै उम्मेदवार विजयी भएकाले विकास निर्माणका काम सहजै सम्पन्न भएको हो । पोखरेल र सिलवालको पहल र जनसहभागितामा निर्मित पार्कहरुको संक्षिप्त जानकारी यस्तो छ ।

शंखपार्क : शंखपार्क पुरानो पार्क हो । २३ रोपनी जमिनमा फैलिएको यो पार्क अव्यवस्थिथत भइसकेको थियो । ईश्वर पोखरेल र नारायण सिलवालको पहलमा काठमाण्डौ महानगरबाट बजेट विनियोजन गरेर उक्त पार्कलाई हरियाली र व्यवस्थित बनाइएको छ । पार्कभित्रै जिम गर्न चाहनेहरुका लागि आवश्यक सामग्रीसमेत राखिएको छ । पार्कमा दैनिक १ हजारभन्दा धेरै मानिस पुग्ने गर्दछन् ।

टुसाल पार्क : सार्वजनिक जग्गाको दुरुपयोग भइरहेको थियो । सुकुम्बासी वस्तीमा परिणत हुन लागेको यो ठाउँमा टुसाल पार्क निर्माण गरिएको हो । यो पार्क तीन खण्डमा विभाजित छ । एउटामा बालबालिका खेल्ने, अर्को प्याराफिटसहित खेल्न मिल्ने र सबैतिर घुम्न मिल्ने संरचनासहितको पार्क बनाइएको छ । २ रोपनी जमिनमा फैलिएको यो पार्क ईश्वर पोखरेलको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत नारायण सिलवालको सिफारिसमा व्यवस्थित बनाइएको हो ।

मनमोहन पार्क : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट यो पार्क निर्माण सुरु गरिएको छ । ११ रोपनी जमिनमा फैलिएको यो पार्क ईश्वर पोखरेल र नारायण सिलवालको पहलमा निर्माण सुरु गरिएको हो । सार्वजनिक जग्गा फिर्ता ल्याएर पार्क निर्माण गरिएको हो । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम र काठमाण्डौ महानगरको बजेटबाट पार्क निर्माण गरिएको हो ।

धुम्बाराही पार्क : १२ रोपनी जमिनमा फैलिएको यो पार्क चार वटा ब्लकमा विभाजित छ । पहिलो र दोस्रो ब्लक निर्माण ईश्वर पोखरेल र नारायण सिलवालको पहलमा संघीय सरकार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटमा निर्माण सम्पन्न गरिएको हो । तेस्रो ब्लक प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले निर्माण गरिएको हो । चौँथो ब्लक काठमाण्डौ महानगरपालिकाको बजेटले निर्माण भइरहेको छ ।

धनवन्तरी बाजे बज्यै पार्क : ८ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क डिपिआर बनिसकेर निर्माणको चरणमा रहेको छ । जेष्ठ नागरिकको सम्मानका लागि धनवन्तरी पार्कलाई बाजे बज्यै पार्क भनेर अर्को नाम पनि दिइएको हो । अतिक्रमणमा परेको सार्वजनिक जमिन फिर्ता ल्याएर पार्क बनाउन लागिएको हो । यो पार्क निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

डीडी पार्क : ९ आना जमिनमा डीडी पार्क निर्माण सम्पन्न भएको छ । नारायण सिलवालको पहलमा बागमति प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न गरिएको हो । यो पार्क निर्माणमा ईश्वर पोखरेल र जनताको पनि महत्वपूर्ण भूमिका रहेको छ । पार्क निर्माणका साथै त्यहाँ रहेको मन्दिर परिसर संरक्षणको कामसमेत सम्पन्न भएको छ ।

यिबाहेक काठमाण्डौ क्षेत्र नम्बर ५, प्रदेशसभा १ मा पर्ने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४ मा अन्य पार्कहरु पनि निर्माण भएका छन् । कृष्ण गल्लीमा नयाँ कोलनी पार्क, रारा पार्क, आनन्दमय टोयटा पार्क, शिवस्थली पार्क, कपन मार्ग पार्क र धुम्बाराही हाइट पार्क बनाइएको छ ।

https://www.facebook.com/primetimestvnepal/videos/666101701878017


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode