विद्यालय बन्द गरे काठमाडौं महानगरले प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने
ललितपुर । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन् ।
तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ । विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ । त्यस्तै भोलि महानगरले विद्यालयहरुको अनुगमन समेत गर्नछ
क्याटेगोरी : देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया