तीनकुने हत्याकाण्डमा सञ्जय भण्डारीको संलग्नता ! दिपेन्द्र राई रिहा
काठमाण्डौ । प्रहरीले काडमाडौंको तीनकुनेको काठ गोदाममा भएको सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भएपनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।
तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ । नवीन राईको हत्या गरेपछि त्यहा रहेका अन्यले प्रहरीलाई बताउने डरले अन्य तीनजनाको पनि हत्य गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए ।
शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
यसैबीच अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् । घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर आइतबार सञ्जयले आफ्नो नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएपछि दिपेन्द्र रिहा भएका हुन् ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया