सुन तस्करलाई सरकारले संरक्षण गरेको ओलीको आरोप
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन् । आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको दाबी गरेका हुन् ।
उनले भने, ‘सरकारसँग सुन गाल्ने मेसिन एउटा छ । सरकारको पखेटा भन्ने कि के तिनिहरुसँग पहिले चारवटा भेटियो। अहिले एउटा गरी पाँचवटा मेसिन भटियो। गैरसरकार भन्ने कि तस्कर भन्ने अब।’
उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको समेत आरोप लगाए । ओलीले सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केहि पनि फेला पर्न नसकेको बताए । अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप पनि लगाए ।
९ किलो सुन तस्कर प्रकरणमा पनि ओलीले आशंका गरेका छन् । उनले भने, ‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो रु के भयो रु अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’
उनले संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याएको आरोप लगाए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया