Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

जसपा घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि मल काराखानासम्म


काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्धा सहित घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने, प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने मुद्दा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

संघीय संसद् र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने तथा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने एजेण्डा जसपाको छ । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको र बिकृति पैदा गरेको भन्दै यस्तो निर्वाचन प्रणालीले निरन्तरता पाए सामान्य नागरिकले चूनाव लड्न नसक्ने अवस्था आउने जसपाको ठहर छ । संसदबाट दुईपटक पारित भएको नागरिकता बिधेयक प्रमाणीकरण नगर्नुले धेरै आशंका पैदा भएको जसपाको बुझाई छ । आगामी ५ वर्षभित्रमा कृषि, उद्योग,जलस्रोत, पर्यटन जस्ता क्षेत्रको विकास गरि देशको अर्थतन्त्र मजबुत बनाउने जसपाको घोषणापत्रमा उल्लेख छ । जसपाले कृषि क्षेत्रको विकासका लागि विभिन्न मलका कारखाना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सांस्कृतिक वहुलता र जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै धर्मनिरपेक्ष राज्यको सिर्जना गर्न तथा मुलुकको सामाजिक सद्भाव विथोल्ने जातिवादी र रंगभेदी नीतिको साथै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय लगाएत सबैखाले उत्पीडनको अन्त्य गर्ने जसपाले जनाएको छ । जसपाले संविधान एमाले, कांग्रेस र माओवादीको जोडबलमा ल्याएको जस्तावेज मात्र भएको आरोप समेत लगाएको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode