Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

हिन्दु धर्मले महिलालाई सम्मान गरेको छ : उदय शमशेर राणा


ललितपुर, २१ भदौ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले हिन्दु धर्मले महिलालाई सम्मान गरेको वताएका छन्। आज विहिबार ललितपुरको बाडेगाउँस्थित मामाघर अनाथालय आश्रमद्वारा सञ्चालित महायज्ञको दोस्रो दिनको समारोहको उद्घाटन मन्तव्य राख्दै राणाले महायज्ञको दुवै भागवत बाचिका महिलाज्यू हुनुभएको भन्दै अन्य धर्ममा महिलालाई यति प्रमुख जिम्मेवारीमा पुग्ने अवसर सृजना नभएको वताएका हुन् ।

हिन्दु धर्मले महिलालाई सम्मान गरेको छ । यहाँ दुवै महिला भागवत बाचिका हुनुहुन्छ, अरु धर्ममा यस्तो छैन । विदेशीको संस्कृति र समाजमा यस्तो छैन । हाम्रो धर्ममा महिलाहरुलाई भगवानको रुपमा पनि पूजा गर्ने प्रचलन छ । यो हाम्रो राम्रो पक्ष हो। हिन्दु धर्मको बारे हाम्रो पुस्तालाई पनि बुझाउनु आवश्यक छ । केन्द्रीय सदस्य राणाले भने। उनले आश्रमलाई व्यवस्थित गरेर चलाउन साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउँदै हामीले आफ्नो धर्ममा गर्व गर्न सक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।

आश्रमका अध्यक्ष बालयोगेश्वर विजय मुर्ती माहाराजले महायज्ञमा संकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाडेगाउमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने वताए । हामी यो महायज्ञबाट प्राप्त रकम मामाघर अनाथालय आश्रमकै लागि उपयोग गर्छौं । यो महायज्ञ सम्पन्न भएको भोली पल्टै निर्माण समिति बनाएर उठेको सम्पूर्ण रकम हस्तान्तरण गर्छौं । दाताहरुको सहयोगको सदुपयोग हुने प्रतिवद्दता जहेर गर्न चाहान्छु । विजय मुर्ती माहाराजले भने ।

मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाटसुरु भएको विराट महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । व्यापक प्रचारप्रसार सहित सुरु भएको महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका हुन् ।महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नं। ३ का वडाध्यक्ष सानुराज घिमिरे तथा सहसंरक्षकमा वडा नं। १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode