ललितपुरको बाडेगाउँमा हुने विराट ज्ञान महायज्ञको तयारी पुरा, बुधवार उद्घाटन

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मा निमार्ण हुँने मामाघर अनाथालय आश्रमको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको तयारी पुरा भएको छ । भाद्र २० गते देखि ३० गते सम्म बाडेगाउँमा सन्चालन हुने महायज्ञमा सम्पूर्ण ललितपुरवासी तथा श्रद्धालु भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
महायज्ञ मुल समारोह समितिले मंगबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा बुधवार महायज्ञको समुद्घाट गरिने कार्यक्रम तय भएको आयोजकले बताए ।
देशभरीका अनाथ बालबालिकाहरुको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम ,वृहत आध्यात्मिक केन्द्र ,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र ,अन्न क्षेत्र , धर्मशाला,सत्सङ्ग भवन,पुस्ताकालय,खेल मैदान,सन्त निवास,प्रवचन हल,गौशाला आदि निमार्ण तथा निशुल्क एम्बुलेन्स सन्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि महायज्ञ गर्न थालिएको मामाघर अनाथालय आश्रमका संस्थापक एंवम कथा वाचक वालयोगेश्वर विजय मुर्ती महाराजले बताए ।
महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । गोदावरी नगरपालिका एंवम ललितपुरवासीलाई महायज्ञ पुर्व विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञ शुरु हुनु अघि मोटर साइकल र्यालीको आयोजना र शोभा यात्राको आयोजना गरिएको आयोजकले बताएका छन् । यस महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्न छन ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया