प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ललितपुरमा ८५ करोडको घर (तस्विर)

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरको, सैंवुस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवास उद्घाटन गरेका छन् ।
साथै नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गरिएको छ । क्रममा प्रधानमन्त्री प्रचण्डले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मुख्य मन्त्रीको निवास अवलोकनसमेत गरे ।
प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।
सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् ।
यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखले आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् ।
फोटो : प्रदीप राज वन्त
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया