Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको उपाधी नेपालको पोल्टामा


मलेसिया । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको उपाधी नेपालले जितेको छ । फाइनल खेलमा हङकङलाई पराजित गरि च्याम्पियन भएको हो । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरेको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो । वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।

नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिईन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १÷१ विकेट लिएका थिए ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode