Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सुख्खा क्षेत्र घोषणा गर्ने तयारी भइरहँदा मधेशमा बाढी आयो : प्रचण्ड


पर्सा । प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको बताएका छन् । शुक्रबार पर्साको विरगञ्जमा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभाको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको जानकारी दिएका हुन् ।

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्नका लागि मन्त्रीपरिषद बैठकमा प्रस्ताव बनाएर ल्याउन मुख्यसचिवलाई निर्देशन दिएको प्रचण्डले बताए । त्यसैगरी राहत प्याकेज घोषणा गर्ने तयारी पनि भइरहेको उनले बताए । तर तयारी भइरहँदा बाढी आएर अर्को समस्या भएको उनले बताए । उनले भने–‘अब यो खुसीको कुरा भनौं की दुःखको कुरा त्यहिँ दिन पानी आएर बाढीबाढी भएछ मधेश,’ उनले भने, ‘अनि त्यसबाट मैले अब यो भन्दा बढी परेन । जरुरी पर्यो भने अर्काे अर्काे बैठकमा गरौंला भनेर रोकिएको छ ।’

समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । ‘हामी सबै मिलेर जादा, यो समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु सक्दैन । यहिनै सक्कली नेपालको नेतृत्व गर्ने तागत हुन सक्छ,’ उनले भने ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode